नियम ५६
तारिख गुजारेमा वा मृत्यु भएमा पनि मुद्दा कारबाही र किनारा गर्न सकिने
(१) सार्वजनिक हक र सरोकारको विषय समावेश भएको कुनै मुद्दामा निवेदकले तारिख गुजारेमा वा निवेदकको मृत्यु भएमा पनि त्यस्तो मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।
(२) कुनै मुद्दामा समावेश भएको कुनै जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने कुरा संयुक्त इजलासलाई लागी सो कानूनी प्रश्न र पूर्ण इजलासबाट त्यसको निर्णय हुनुपर्ने कारण उल्लेख गरी सो इजलासले नियम २३ को उपनियम (२) को खण्ड (ग) अन्तर्गत पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दामा निवेदकले म्याद तारिख गुजारे पनि त्यस्तो निवेदन तामेलीमा नराखी कानूनी प्रश्न वा न्यायिक सिद्धान्तको निरुपण गर्न सकिनेछ ।